कोलकाताको न्यू टाउन क्षेत्रमा सड़क दुर्घटना सातजना घाइते
कोलकाताको न्यू टाउन क्षेत्रमा सड़क दुर्घटना सातजना घाइते


कोलकाता, 22 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाताको न्यूटाउन क्षेत्रमा शनिवार बिहान एउटा कार दुर्घटनाग्रस्त भयो जसमा सातजना मानिसहरू घाइते भए। घटनापछि पुलिसले चालकलाई हिरासतमा लिएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार कार विश्व बंगला गेटको दिशादेखि आकांक्षा मोड़ तर्फ गइरहेको थियो, यसै अवधि द्रूत गतिको कार सड़क किनारको डिभाइडरसित ठोक्कियो। बस स्टपमा प्रतिक्षा गरिरहेका केही मानिसहरू सहित एकजना बाइक सवार यसको चपेटमा परेर घाइते भए। यस घटनामा एकजना महिला सहित छःजना मानिसहरू घाइते भएका छन्।

घाइतेहरूलाई स्थानीय मानिसहरूले अस्पतालमा भर्ती गराए। यस घटनामा कार चालक पनि घाइते भए जसलाई पछि पुलिसले अस्पतालमा पुऱ्यायो।

घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले बतायो, कारमा चालक एक्लै थियो। यो जाँच गरिँदैछ, कारको गति तीव्र भएको कारणले चालकले वाहनलाई नियन्त्रण गर्न सकिरहेको थिएन वा वाहनमा कुनै यान्त्रिक खराबी आएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande