तामलुक नगरपालिकाका चेयरम्यान र भाइस चेयरम्यानले दिए राजीनामा
तामलुक नगरपालिकाका चेयरम्यान र भाइस चेयरम्यानले दिए राजीनामा


पूर्व मेदिनीपुर, 22 नोभेम्बर (हि.स.)। पूर्व मेदिनीपुरको तामलुकस्थित ताम्रलिप्त नगरपालिकाका चेयरम्यान अनि भाइस चेयरम्यानले आ-आफ्नो पदबाट अचानक राजीनामा दिएपछि राजनीतिक उथुल-पुथुल झन् तीव्र भएको छ। पद सम्हालेको केही दिनपछि नै सत्तारूढ़ दलभित्र असन्तोषका स्वरहरू मुखरित हुन थालेका छन्। पहिलो बोर्ड मीटिंगमै बहुमतमा रहेका केही पार्षदहरूको अनुपस्थितिले सम्पूर्ण मामिलालाई अझ गम्भीर बनाइदियो।

सूत्र अनुसार शीर्ष नेतृत्वको निर्देशमा चेयरम्यान दीपेन्द्र नारायण राय र भाइस चेयरम्यान लीना माभै रायले आ-आफ्नो पदबाट राजीनामा दिए। त्यसपछि राज्य नगर विकास विभागको पक्षबाट जारी निर्देशमा 20 नम्बर वार्डकी पार्षद चञ्चल खाड़ालाई अस्थायी चेयरम्यमान नियुक्त गरियो जबसम्म नयाँ चेयरम्यानको चुनाउ हुँदैन।

यसबीच गए शुक्रवार अस्थायी चेयरम्यानले सबै पार्षदहरूलाई बोर्ड मीटिंगको लागि बोलाए, तर त्यहाँ सत्तारूढ़ दलका नौजना पार्षद एवं भाजपाका दुईजना पार्षदहरू अनुपस्थित थिए। यसबाट स्थिति अझ तनाउपूर्ण भयो। बैठकमा केवल तृणमूलका नौजना पार्षदहरू उपस्थित थिए जसबाट अस्थायी चेयरम्यान असहज स्थितिमा परिन्।

विवाद त्यसबेला अझ गहिरियो जतिबेला भाजपाका दुईजना पार्षदहरूले बैठक डाकेकोलाई ‘अनैतिक’ बताउँदै जिल्ला प्रशासनको ढोका ढक्ढकाए। भाजपा पार्षद शर्वरी चक्रवर्तीले भनिन्, चेयरम्यान-भाइस चेयरम्यानले अचानक राजीनामा दिनु, अस्थायी नियुक्तिको प्रक्रिया पारदर्शी छैन तथा नगरपालिका कानून अऩुसार गरिएको हो वा होइन,त्यो पनि स्पष्ट छैन।

यसैबीच तृणमूलको वार्ड नम्बर-10 का पार्षद पार्थ सारथि मायतीले आगामी चुनाउमा पार्टीले खराब प्रदर्शन गरेको स्थितिमा आई-प्याक कर्मचारीहरूलाई ‘बाँधेर कुट्ने’ जस्ता विवादित बयान दिएर राजनीतिक तापमानलाई अझ बढ़ाएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande