
मालदा, 22 नोभेम्बर (हि.स)। पाँच वटा घरहरू सहित एउटा गोदाम भयावह आगलागीमा जलेर खरानी भएको छ। यो घटना गए शुक्रवार राती हरिश्चन्द्रपुर थाना अन्तर्गत दौलत नगर हाई स्कूलको नजिकै भएको हो। स्थानीय सूत्रले बताए मुताविक क्षेत्रको गोबरा मण्डीका व्यापारीहरूले त्यस गोदाममा आफ्ना सामानहरू राख्दथे। सदा जस्तै शुक्रवारको साँझ पनि गोदाममा दियो बालिएको थियो जसबाट आगो सल्केको थियो। गोदाममा लागेको आगोले वरपरका पाँच वटा कच्चा घरहरूलाई पनि आफ्नो चपेटमा पाऱ्यो। मानिसहरूको क्रन्धन सुनेर गाउँका मानिसहरू दौड़ेर आएर आगोलाई निभाउनमा जुटे। तर गाउँलेको प्रयास असफल भयो। भयानक आगोले द्रूत गतिले गोदामलाई जलाएर खरानी बनाइदियो भने गोदाम संलग्न पाँच वटा घरहरूलाई खरानी बनाइदियो। यसबीच आगलागीको खबर पाउनसाथ दमकलका दुईवटा वाहन घटनास्थलमा पुग्यो। लगभग दुई घण्टासम्म परिश्रम गरेर दमकलकर्मीहरूले आगोलाई नियन्त्रण गरे। हरिश्चन्द्रपुर ब्लक-2 का बीडीओ तापस पालले भने, यो एउटा दुःखदायी घटना हो। अग्निपीड़ितहरूलाई तत्कालै प्रशासनिक मद्दत दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा