डेढ़ किलो ब्राउन शुगरको साथ एक पक्राउ
डेढ़ किलो ब्राउन शुगरको साथ एक पक्राउ


सिलगढ़ी, 23 नोभेम्बर (हि.स.)। सिलगढ़ी मेट्रोपोलिटनको स्पेशल अपरेशन ग्रुप (एसओजी) र भक्तिनगर थाना पुलिसले संयुक्त अभियान चलाएर डेढ़ किलो ब्राउन शुगरको साथ एक युवकलाई पक्राउ गरेको छ। पक्रा परेको युवकको नाम दीनबन्धु बर्मन (27) बताइएको छ।

पुलिस अनुसार, एसओजी र भक्तिनगर थाना पुलिसले शनिवार अबेर राति गुप्त सूचनामा नेशनल हाइवे-10 स्थित इन्दिरा गान्धी मैदान निकट अभियान चलायो। यस अवधि संदिग्ध एक बाइकलाई रोकेर तलाशी लिइयो। पछि आरोपीसित रहेको ब्यागबाट पुलिसले दुई प्याकेटमा डेढ़ किलो ब्राउन शुगर जफत गऱ्यो। जसपछि आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। जफत गरिएको ब्राउन शुगरको अनुमानित बजार मूल्य 15 लाख रूपियाँ मापिएको छ। पुलिसले दीनबन्धु बर्मनलाई पक्राउ गऱ्यो र तस्करीमा प्रयोग गरिएको हाई-स्पीड बाइक पनि जफत गरेको छ। पुलिसले पूरा मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande