मणिपुरमा 65 एकड़ अवैध अफिमको खेतीलाई नष्ट गरियो
मणिपुरमा 65 एकड़ अवैध अफिमको खेतीलाई नष्ट गरियो


इम्फाल, 23 नोभेम्बर (हि.स.)। सुरक्षा बलहरूले गए शनिवार मणिपुरका दुई वटा जिल्लाहरूमा व्यापक कारबाही गर्दै 65 एकड़मा फैलिएको अवैध अफिमको खेतीलाई नष्ट गरिदिए। यो अभियान चंदेल र कांगपोकपीका दुर्गम हिमाली क्षेत्रमा भएको हो।

पुलिस प्रवक्ताले आइतवार बताए, पहिलो कारबाही अवधि चंदेल जिल्लाको चाकपिकारोंग थाना क्षेत्रको गोबोक हिल रेञ्जमा लगभग 50 एकड़मा फैलिएको पपीको खेतीलाई उखेलेर जलाइयो। सुरक्षा बलहरूले घटनास्थलबाट पपी पड, बिउ अनि चार वटा अस्थाायी झोपड़ीहरूलाई पनि जलाइदिए।

यसरी नै दोस्रो संयुक्त कारबाहीमा कांगपोकपी जिल्लाको न्यू कैथेलमंभी थाना क्षेत्रको लोइबोल खुलेन गाउँको आन्तरिक क्षेत्रमा लगभग 15 एकड़ अवैध अफिम खेतीलाई नष्ट गरियो। यहाँ पनि एउटा झोपड़ी, नूनको बोरा साथै खेतीमा प्रयोग गरिने उपकरणहरूलाई जलाइयो।

अधिकारीहरू अनुसार राज्यका सुदूरवर्ती पहाड़ी क्षेत्रहरूमा फैलिरहेको अवैध अफिमको खेतीलाई रोक्नको लागि यस्तो अभियान लगातार जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande