लरीको चपेटमा परी बाइक सवार युवकको मृत्यु
लरीको चपेटमा परी बाइक सवार युवकको मृत्यु


पश्चिम मेदिनीपुर, 23 नोभेम्बर (हि.स.)। जिल्लाको मेदिनीपुर सदर थाना क्षेत्रमा द्रूत गतिको लरीको ठक्करले एकजना युवकको मृत्यु भयो। दुर्घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश फैलियो फलस्वरूप उनीहरूले पथावरोध गरी विरोध प्रदर्शन गरे। घटना गए शनिवार अबेर राती माइतिर गोला क्षेत्रमा भएको हो।

प्राप्त जानकारी अनुसार मेदिनीपुरदेखि केशपुरगामी मुख्य सड़कमा द्रूत गतिमा आइरहेको लरीले बाइक सवार युवकलाई भयानक ठक्कर दियो। ठ्क्कर लागेपछि युवक सड़कमा लड़्यो अनि पछिबाट आइरहेको लरीले उसलाई कुल्चियो। घटनास्थलमै युवकको मृत्यु भयो।

मृतक युवकको पहिचान रबिउल अली (28)-को रूपमा भएको छ जो मेदिनीपुरको बनपुरा क्षेत्रको निवासी थियो।

स्थानीय औ पारिवारिक सूत्र मुताविक रबिउल एलाहिगंज क्षेत्रमा काम सिद्ध्याएर घर फर्किरहेको थियो, यसै अवधि यो दुर्घटना भयो। सूचना पाउनसाथ मेदिनीपुर कोतवाली थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले दुर्घटनाग्रस्त बाइक तथा घटनामा सामेल लरीलाई जफत गरेको छ।

दुर्घटनाको कारणले आक्रोशित स्थानीय मानिहरूले सड़कमा उत्रेर घण्टौंसम्म पथ अवरोध गरी विरोध जनाए। पछि पुलिसले सम्झाएर स्थितिलाई नियन्त्रण गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande