
पश्चिम मेदिनीपुर, 23 नोभेम्बर (हि. स.)। केन्द्रिय मन्त्री सुकान्त मजुमदारको कार्यक्रमपूर्व पश्चिम मेदिनीपुरमा भाजपाको आन्तरिक कलह खुलेर सतहमा आएको छ। मोहनपुरको बेता बजार क्षेत्रमा मेदिनीपुर संगठनात्मक जिल्लाका भाजपा अध्यक्ष शमित कुमार मण्डललाई कार्यकर्ताहरूको चर्को विरोध अनि धक्का-मुक्काको सामना गर्नुपऱ्यो। भनिन्छ, केही कार्यकर्ताहरूले उनलाई कार्यक्रममा सामेल हुनदेखि रोक्ने चेष्टा गरे।
घटना गए शनिवार परिवर्तन यात्रा कार्यक्रम अवधि भएको हो। विरोधको तीव्रतालाई मध्यनजर गर्दै शमित कुमार मण्डल असहज भए। पछि केन्द्रिय मन्त्री सुकान्त मजुमदारको भाषण अवधि पनि विरोध हुने आशंका यथावत रह्यो जसले गर्दा जिल्ला अध्यक्षले मञ्चलाई बीचमै छोड़ेर बाहिर निक्ले। उनका समर्थकहरूले उनलाई घेरेर सुरक्षित रूपमा वाहनमा बसाए।
भाजपा कार्यकर्ताहरूको आरोप छ, वर्ष 2021-को चुनाउमा पार्टीको लागि काम गर्ने पुराना एवं समर्थित कार्यकर्ताहरूलाई बेवास्ता गरी जिल्लाध्यक्षले परिवर्तन यात्राको आयोजन केही चयनित मानिसहरूसित मात्र मिलेर गरे। यसबाट असन्तुष्ट कार्यकर्ताहरूले खुल्ला रूपमा विरोध प्रदर्शन गरे।
शनिवार भाजपाको मेदिनीपुर संगठनात्मक जिल्ला एकाईको पक्षबाट मोहनपुरको रामपुर पेट्रोल पम्पदेखि मोहनपुर बजारसम्म पदयात्रा आयोजना गरिएको थियो। कार्यक्रममा केन्द्रिय शिक्षा राज्य मन्त्री एवं पार्टीका पूर्व प्रदेश अध्यक्ष सुकान्त मजुमदार पनि उपस्थित थिए। जिल्ला अध्यक्षलाई कार्यक्रम स्थल तर्फ अग्रसर हुनसाथ असन्तुष्ट कार्यकर्ताहरूको विरोधको सामना गर्नुपर्यो।
--
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा