अज्ञात युवकको शव भेटियो
अज्ञात युवकको शव भेटियो


सिलगढ़ी, 23 नोभेम्बर (हि. स.)। चामटा रेल ब्रिज मुनि एक अज्ञात युवकको शव भेटियो। आइतवार यस घटनाले व्यापक खैलाबैला मचायो।

स्थानीय मानिसहरूले सबैभन्दा पहिला शवलाई देखे, त्यसपछि माटीगाड़ा थाना अनि रेलवे पुलिसलाई घटनाको सूचना दिइयो। सूचना पाएर जंक्शन टाउन जीआरपीले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।

सूत्र अनुसार बिहान युवकलाई रेल ब्रिजको किनारमा हिँड़्दै गरेको देखिएको थियो। स्थानीय मानिसहरूको मान्यता छ, द्रूत गतिको ट्रेनको चपेटमा परेर युवकको मृत्यु भयो। धक्का लागेर उ रेलको ब्रिज मुनि झऱ्यो। यो समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन। पुलिस युवकको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande