
बर्दवान, 23 नोभेम्बर (हि.स.)। बर्दवान शहरको 18 नम्बर वार्डस्थित कोलाघाट क्षेत्रमा जमीन विवादलाई लिएर गोली चलेको घटना प्रकाशमा आएको छ। घटनाको समाचार पाउनसाथ ठूलो संख्यामा पुलीस बल घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।
पुलिस र स्थानीय सूत्र अनुसार स्थानीय व्यापारी सुबीर मण्डलको विगत लामो समयदेखिकै छिमेकीसित घर नजिकैको जमीनलाई लिएर विवाद हुँदै आएको थियो। गए शनिवार राती विवाद अचानक बढ़्यो। जानकारी अनुसार सुबीर मण्डलको छिमेकीसित पहिला चर्चाचर्की पऱ्यो त्यसपछि उनले आफ्नो लाइसेन्सधारी बन्दुकले कथित रूपमा गोली चलाए। तथापि राहतको कुरा के छ भने गोली कसैलाई लागेन, हामा चलाइएको थियो।
सुबीर मण्डलको परिवारले आरोप लगाएको छ, स्थानीय मानिसहरूले लामो समयसम्म उनको घरलाई घेरेर राखे। परिवारले पुलिसलाई सूचना दिएको थियो, तर पुलिस पुग्न अगावै भीड़ले गेट भत्काएर घरभित्र पस्न शुरू गऱ्यो। त्यसैले आत्मरक्षामा सुबीरले हावामा गोली चलाए ताकि भीड़लाई रोक्न सकियोस्।
अर्कोतिर स्थानीय मानिसहरूको भनाइ छ, उनीहरूले एउटा बैठक गरिरहेका थिए अचानक सुबीर मण्डलको घरबाट गोली चलेको आवाज सुनियो। त्यसपछि भागाभाग भयो।लोगों का कहना है कि वे एक बैठक कर रहे थे, तभी अचानक सुबीर मंडल के घर से गोली चलने की आवाज आई। इसके
सूचना पाए लगत्तै भारी मात्रामा पुलिस बल घटनास्थलमा पुग्यो। पुलिसले स्थितिलाई शान्त बनायो अनि सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर जाँच शुरू गऱ्यो। हाल कसैलाई पनि पक्राउ गरिएको सूचना छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा