
नयाँ दिल्ली, 23 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, भारतीय जनता पार्टी (भाजपा)- को हरेक पन्ना प्रमुख, हरेक कार्यकर्ता, हाम्रो सबैभन्दा ठूलो शक्ति, हाम्रो सबैभन्दा बलियो जग तथा हाम्रो निश्चित जीतको अडिग आधार हो।
मुख्यमन्त्रीले आज भाजपा प्रत्याशी वीना असिजाको समर्थनमा आयोजित पन्ना प्रमुख सम्मेलनमा पन्ना प्रमुखहरू अनि कार्यकर्ताहरूलाई सम्बोधन गरिन्। यस अवसरमा सांसद प्रवीण खण्डेलवाल, क्याबिनेट सहयोगी मनजिन्दर सिंह सिरसा तथा भाजपाका पदाधिकारीगणको व्यापक उपस्थिति रहेको थियो।
मुख्यमन्त्रीले भनिन्, हामीलाई बितेको 8 महिनामा भाजपा सरकारले दिल्लीमा गरेका विकास कार्यहरूलाई लिएर घर-घरमा जानुछ। जनताको आशीर्वादले यसपालि दिल्ली नगरनिगम उपचुनाउमा 12 मध्ये 12 वार्डमै कमल फुल्न गइरहेको छ। उनले क्षेत्रका जनतासित यसपालि वार्ड नम्बर-65 अशोक विहारबाट वीना असिजालाई व्यापक मतान्तरले विजय बनाउने अनि दिल्लीको विकासलाई नयाँ गति दिने अपील गरिन्।
मन्त्री मनजिन्दर सिंह सिरसाले भने, अशोक विहार वार्डमा आयोजित 'पन्ना प्रमुख सम्मेलन'-मा कार्यकर्ताहरूमा ठूलो जोश देख्न पाइयो। उनले भने, मुख्यमन्त्रीले कार्यकर्ताहरूको उत्साहलाई अझ बढ़ाइदिइन्। साथै संगठनलाई सुदृढ़ बनाउन अनि सबै कार्यकर्ताहरूको मनोबल बढ़ाउनेमाथि बल दिए। उनको मार्गदर्शनमै हामीले चुनाउको लागि ग्राउण्ड स्तरको रणऩीतिमाथि विस्तार पूर्वक चर्चा गऱ्यौं।
सिरसाले भने, मैले पनि घर-घरमा गएर मतदाताहरूसित सम्पर्क गर्नेमाथि बल दिए ताकि वार्ड नम्बर-65 की हाम्री प्रत्याशी वीना असिजाको जीत सुनिश्चित हुन सकोस्। मलाई पूर्ण विश्वास छ दिल्लीका जनताले मुख्यमन्त्रीका कल्याणकारी नीतिहरूमाथि आफ्नो मोहर लगाइदिनेछन् अनि भाजपाले सबै 12 वटै वार्डहरूमा बेजोड़ जीत हासिल गर्नेछ। उनले भने, कार्यकर्ताहरूको ऊर्जा, समर्पण तथा जनताको भरोसा यही नै हो हाम्रो सबैभन्दा ठूलो शक्ति।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा