आवासीय परिसरमा सुन्दरकाण्ड पाठको आयोजन
आवासीय परिसरमा सुन्दरकाण्ड पाठको आयोजन


हुगली, 23 नोभेम्बर (हि.स.) श्रीरामपुर नगरपालिकाको 29 नम्बर वार्डस्थित सुभाषनगर हाउसिंग कम्प्लेक्सको मैदानमा गए शनिवार साँझ आयोजित सुन्दरकाण्ड पाठको कार्यक्रम श्रद्धा अनि भक्तिभावको साथमा सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा ठूलो संख्यामा स्थानीय मानिसहरू अनि श्रद्धालुहरूको उपस्थिति रहेको थियो। भजन गायक गब्बर मिश्राले आफ्नो मनमोहक शैली तथा भावपूर्ण पाठले सबैको मनलाई जिते। उनको मधुर वाणी तथा भक्तिको गंगामा डुबेर हर कोही भाव विभोर भए।

यस धार्मिक आयोजनलाई सफल बनाउनमा देव कुमार पाण्डेय, मुन्‍ना राय, राजेश शर्मा, दिनेश सिंह, मुन्‍ना सिंह, बिनय कुँवर, रविन्द्र तिवारी, अरविन्द तिवारी, नगेन्द्र मिश्रा सहित अन्य स्थानीय कार्यकर्ताहरूको विशेष योगदान रह्यो। कार्यक्रमको तयारीदेखि लिएर व्यवस्थासम्म सबैले पूर्ण उत्साहको साथमा भूमिका निभाए।

पाठ पश्चात श्रद्धालुहरूमा प्रसाद वितरण गरियो। स्थानीय मानिसहरूले यस सफल तथा सौहार्दपूर्ण धार्मिक आयोजनको लागि आयोगहरूको सराहना गर्दै भने, यस्तो कार्क्रमले समाजमा सकारात्मक ऊर्जा अनि एकतालाई प्रोत्साहित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande