लाल किल्लामा तीन दिवसीय समागमको शुभारम्भ
लाल किल्लामा तीन दिवसीय समागमको शुभारम्भ


नयाँ दिल्ली, 23 नोभेम्बर (हि.स.)। श्री गुरु तेग बहादुरको 350औं शहीदी दिवसको उपलक्ष्यमा लाल किल्लाको ऐतिहासिक प्रांगणमा आजदेखि तीन दिवसीय भव्य समागमको शुभारम्भ भइरहेको छ। मुख्यमन्त्री रेखा गुप्ताले यो जानकारी आफ्नो सोशल मीडिया अकाउण्ट एक्समा साझा गरिन्। उनले भनिन्, श्री गुरू तेग बहादुर साहिबले धर्म र मानवताको रक्षाको लागि अद्वितीय बलिदान दिए। आजदेखि तीन दिवसीय समागम शुरू भयो।

मुख्यमन्त्रीले भनिन्, यस समागममा गुरू साहिबको जीवनसित जोड़िएका प्रेरणादायी प्रसंगहरूलाई विशेष म्यूज़ियम, लाइट-एण्ड-साउण्ड शो र संकीर्तनको माध्यमबाट सार्थक रूपमा प्रस्तुत गरिनेछ। उनले सबैलाई यस पवित्र आयोजनमा आमन्त्रित गरेकी छन्।

मुख्यमन्त्रीले भनिन्, आउनुहोस्, हामी सबै मिलेर गुरू साहिबको चरणमा नतमस्तक हौं अनि उनका अमर सन्देशहरूलाई नयाँ पिँढ़ीसम्म पुऱ्याऔं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande