
पश्चिम मेदिनीपुर, 23 नोभेम्बर (हि. स.)। जिल्लाको केशियाड़ी थाना अन्तर्गत चाकला क्षेत्रमा गए शनिवार साँझ भएको एक मोटर बाइक दुर्घटनामा एक जना व्यक्ति सहित दुई जना बालकहरू गम्भीर रूपमा घाइते भए। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।
प्राप्त जानकारी अनुसार एक जना व्यक्तिले दुई जना नानीहरूलाई लिएर मोटर बाइक मार्फत बजार मासु खरिद गर्न गइरहेको थियो। यसै क्रममा बाइक अनियन्त्रित भएर सड़क किनारमा खड़ा एउटा ट्रलीसित ठोक्कियो। ठक्कर यतिसाह्रो भयानक थियो कि तीनैजना बाइकबाट उछिटिएर सड़कमा लड़े। यस घटनामा तीनै जना गम्भीर रूपमा घाइते भएका छन्।
स्थानीय मानिसहरूले तुरून्तै घटनास्थलमा पुगेर तीनै जनालाई केशियाड़ी ग्रामीण अस्पतालमा भर्ती गराए। डाक्टरहरूले बताए, एक जना बालकको स्थिति चिन्ताजनक छ जसलाई उन्नत उपचारको निम्ति अर्को अस्पतालमा रेफर गरिएको छ।
यता घटनाको खबर पाएर केशियाड़ी थाना पुलिसले घटनास्थलमा पुगी घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा