दुर्गा मन्दिर परिसरमा बनेको पुजारीको कमराको ताला तोड़ेर लाखौंको चोरी
दुर्गा मन्दिर परिसरमा बनेको पुजारीको कमराको ताला तोड़ेर लाखौंको चोरी


फर्रूखाबाद, 23 नोभेम्बर (हि.स.)। फर्रूखाबाद जिल्लाको कायमगंज कोतवाली क्षेत्रबाट शनिवार अबेर राति चोरहरूले दुर्गा माँ मन्दिरको ताला तोड़ेर लाखौं रूपियाँको नगदी र आभूषण चोरे। घटनाको सूचना पाएपछि पुलिस छानबीनमा जुटेको छ।

कोतवाली कायमगंजको मोहल्ला गऊ टोलामा दुर्गा माताको भव्य मन्दिर छ। यस मन्दिर परिसरमा बनेको कमरामा मन्दिरको पुजारीको छोरा रंजीत बस्दछ। रंजीत अनुसार, उसले हथियापुरमा नोकरी गर्दछ र शनिवार बिहानैदेखि त्यहाँ गएको थियो। गए राति डेढ़ बजी गाउँलेहरूले उसलाई मन्दिरको ताला तोड़ेर चोरी गरिएको सूचना दिए। उ तत्काल मन्दिर पुग्दा मन्दिर परिसरमा बनेको कमराको ताला फुटेको थियो। लगभग 4-5 लाख रूपियाँको आभूषण र नगदी गायब थियो। सबै सर-समान छर्रिएको थियो। उसले घटनाको सूचना कोतवाली पुलिसलाई दियो।

पुलिसले घटनास्थलमा पुगेर छानबीन गऱ्यो। ऱंजीत कुमारले बताए, उसका पिता मन्दिरका मुख्य पुजारी थिए। उनी 5-6 महिनादेखि बाहिर कुनै आश्रममा गएका छन्। उनको अनुपस्थितिमा मनदिर परिसरमा उ बस्दछ। सीओ राजेश द्विवेदीले बताए, घटनाको छानबीन जारी छ। छिट्टै नै घटनाको खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande