
गुवाहाटी, 04 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, गायक जुबिन गर्गको दुर्भाग्यपूर्ण मृत्युको परिस्थितिको जाँच गर्नको लागि उच्च न्यायालयका कार्यरत न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्ने निर्णय महत्वपूर्ण कदम हो।
मुख्यमन्त्रीले सबैसित अपील गर्दै भने, आयोगको कारबाहीमा सबैले पूर्ण सहयोग दिनुपर्छ साथै सक्रिय रूपमा भाग लिनुपर्छ ताकि जुबिन गर्गको मृत्युसित जोड़िएका हरेक तथ्यलाई उजागार गर्न सकियोस् अनि पूर्ण पार्दर्शिता तथा निष्पक्षता पूर्वक न्याय सुनिश्चित गर्न सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा