
खड़गपुर, 3 नोभेम्बर (हि.स.)। भारतीय प्रौद्योगिकी संस्थान, खड़गपुरमा गए सोमवार “डिजिटल पुस्तकालय डिज़ाइनमा ज्ञान अभियन्त्रण” विषयमाथि आयोजित चौथो अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन भयो। यस अवसरमा देश तथा विदेशका विशेषज्ञ, शोधकर्ता एवं शिक्षाविद्हरूले डिजिटल पुस्तकालयको डिजाइन तथा ज्ञान अभियन्त्रणको क्षेत्रमा उदियमान दिशा एवं नवाचारहरूमाथि आ-आफ्नो विचार साझा गरे।
उद्घाटन सत्रमा धेरैजना विशिष्ट अतिथिहरू उपस्थित थिए।
मुख्य अतिथिका रूपमा सेवानिवृत्त लेफ्टिनेन्ट कर्नल अनन्त सिन्हा, प्रशासक, एड्रियाटिक सोसाइटीले भाग लिए। उनले आफ्नो सम्बोधनमा डिजिटल सूचना सेवाहरूको विकासमा तकनिकी नवाचार एवं संचरित ज्ञान प्रणालीको आवश्यकतामाथि बल दिए।
विशिष्ट अतिथि प्रोफेसर आर. सी. गौर, डीन (प्रशासन), इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्र (आई.जी.एन.सी.ए.)-ले ज्ञानको संरक्षण एवं पहुँचमा डिजिटल पुस्तकालयको परिवर्तनशिल भूमिकामाथि आफ्नो विचार राखे।
सत्रको अध्यक्षता प्रोफेसर सुमन चक्रवर्ती, निदेशक, भारतीय प्रौद्योगिकी संस्थान खड़गपुरले गरेका थिए। उनले संस्थान डिजिटल ज्ञान प्रणालीमा अनुसन्धान एवं सहयोगलाई प्रोत्साहन गर्नको लागि प्रतिबद्ध छ।यस अवसरमा प्रोफेसर प्लाबन भौमिक, मुख्यन अन्वेषक, राष्ट्रिय डिजिटल पुस्तकालय परियोजना (एनडीएलआई परियोजना) तथा डा. बी. सुत्रधर, संयोजक एवं संयुक्त मुख्य अन्वेषक, एनडीएलआई परियोजना पनि उपस्थित थिए।
संगोष्ठीमा विशेषज्ञहरूले डिजिटल ज्ञान प्रणालीको भविष्य, उपयोगकर्ता-केन्द्रित डिजाइन् तथा सूचना प्रबन्धनको नवीन विधिहरूमाथि पनि विस्तारपूर्वक विचार-विमर्श गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा