
नैनीताल, 4 नोभेम्बर (हि.स.)। मंगलवार राष्ट्रपति द्रौपदी मुर्मूले नैनीताल राजभवनको मुख्य द्वारको शिलान्यास गरिन्। यस अवसरमा उत्तराखण्डका राज्यपाल लेफ्टिनेन्ट जनरल गुरमीत सिंह पनि उपस्थित थिए।
ऐतिहासिक नैनीताल राजभवन स्थापना भएको 125 वर्ष पूर्ण भएको उपलक्ष्यमा आयोजित समारोह अन्तर्गत यो शिलान्यास गरिएको हो जसलाई यस धरोहरको सम्वर्द्धन एवं संरक्षणको दिशामा एक महत्वपूर्ण पहल मानिँदैछ।
नैनीताल राजभवन विगत 125 वर्षदेखिकै उत्तराखण्डकोक सांस्कृतिक, प्रशासनिक तथा ऐतिहासिक पहिचानको प्रतीक रहिआएको छ। यसको स्थापत्य कला, प्राकृतिक सौन्दर्य तथा विरासतले आज पनि राज्यको गौरवपूर्ण धरोहरलाई दर्शाउँछ। कार्यक्रममा क्याबिनेट मन्त्री धन सिंह रावत, सचिव राज्यपाल रविनाथ रामन, विधि परामर्शी कौशल किशोर शुक्ल, अप्पर सचिव रीना जोशी सहित धेरैजना अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा