
नदिया, 4 नोभेम्बर (हि.स.)। नदिया जिल्लामा राष्ट्रिय राजमार्ग-12 मा गए सोमवार राती भएको एक सड़क दुर्घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने पाँचजना गम्भीर रूपमा घाइते भए। पाँचमध्ये तीनजनालाई शान्तिपूर अस्पतालमा अनि अन्य दुईलाई रानाघाट महकुमा अस्पतालमा भर्ती गरिएको छ। एउटा टोटो र स्कर्पियो आपस्तमा ठोक्किएर यो दुर्घटना भएको हो।
पुलिसको प्रारम्भिक अनुमान अनुसार यो दुर्घटना स्कर्पियो चालकले वाहनमाथि नियन्त्रण गुमाेको कारणले भएको हो। जाँच शुरू गरिएको छ।
जानकारी अनुसार मृतकहरू र घाइतेहरू एउटै परिवारका सदस्यहरू हुन् जो चापड़ा क्षेत्रका निवासी हुन्। उनीहरू गए सोमवार साँझ शान्तिपुर अस्पतालमा भर्ती आफन्तलाई भेट्न गएका थिए। टोटोमा सवार भएर घरतिर फर्किरहेका थिए गोविन्दपुर क्षेत्रस्थित 12 नम्बर राष्ट्रिय राजमार्गमा आइपुगेपछि स्कर्पियोले टोटोलाई भयानक ठक्कर दियो।
स्कर्पियोको सशक्त ठक्करको रामले टोटो पूर्ण रूपमा क्षतिग्रस्त भयो भने सातजना मानिसहरू गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरूले तत्कालै घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गरे। सबै घाइतेहरूलाई पहिला शान्तिपुर अस्पताल र पछि रानाघाट महकुमा अस्पतालमा लगियो जहाँ दुईजना महिलाहरूको मृत्यु भयो।
पुलिसले दुवै मृतकहरूको शवलाई पोस्टमर्टमको लागि रानाघाट अस्पतालमा पठाइदिएको छ। घटनापछि स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भएको छ भने पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा