तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट हुने
तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट हुने


खरसाङ, 4 नोभेम्बर (हि.स.)। तीनधारेको मिठाईडाँडा खेल मैदानमा यसपाली तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको आयोजनामा आगामी 14 दिसम्बरदेखि तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको शुरू हुनेछ।

गत वर्ष युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएशनको आयोजनामा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको थियो भने यसपाली यसलाई तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको रूपमा आयोजना गरिने बताइएको छ। यस गोल्ड कपमा नेपाल, सिक्किम लगायत स्थानीय प्रतिष्ठित फुटबल क्लबहरु गरेर जम्मा 16 वटा टिमहरुले भाग लिनेछन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनका रञ्जित थापाले गत वर्ष तीनधारेको मिठाईडाँडा खेल मैदानमा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट आयोजना गरिएको र यसपाली त्यसलाई बढाएर तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने जानकारी गराए। उनले यस गोल्ड कपमा नेपाल, सिक्किम लगायत स्थानीय प्रतिष्ठित फुटबल क्लबहरु गरी जम्मा 16 वटा टिमहरुले‌ सहभागिता जनाउने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande