अवैध रूपमा भारतमा बस्दै आएका बंगलादेशी पक्राउ
अवैध रूपमा भारतमा बस्दै आएका बंगलादेशी पक्राउ


नयाँ दिल्ली, 5 नोभेम्बर (हि.स.)। उत्तर-पश्चिम जिल्लाको विदेशी सेलले अवैध रूपमा भारतमा बसोबास गर्दै आइरहेका एकजना बंगलादेशी ट्रान्सजेण्डरलाई महेन्द्र पार्क थाना क्षेत्रबाट पक्राउ गरेको छ। आरोपीबाट दुई वटा बंगलादेशी पहिचान पत्र जफत गरिएको छ। पुलिसले आरोपीविरूद्ध विदेशी अधिनियम 1946 अन्तर्गत कारबाही गर्दै निर्वासन (डिपोर्टोशन)- को प्रक्रिया शुरू गरेको छ।

पक्रा पर्ने आरोपीको पहिचान मो. सुमन मियाँ उपनाम पिंकीको रूपमा भएको छ। उत्तर-पश्चिम जिल्लाका पुलिस आयुक्त भीष्म सिंहले बुधवार बताए, जिल्लाको विदेशी सेललाई हालैमा सूचना प्राप्त भएको थियो कि महेन्द्रा पार्क क्षेत्रको पास गेट-2 एनएस मण्डी नजिक एकजना संदिग्ध व्यक्ति घुमिरहेको छ जो सम्भवतः बंगलादेशी नागरिक हुनसक्छ। सूचनाको आधारमा इन्स्पेक्टर विपिन कुमारको निगरानीमा एउटा टीम गठन गरियो।

टीमले क्षेत्रमा निगरानी तथा खोजी अभियान संचालन गऱ्यो। यसै अवधि संदिग्ध व्यक्तिलाई समातियो। जाँचबुझमा उसले पहिला आफूलाई भारतीय बतायो, तर जवाफमा विरोधाभास र हावभावले पुलिसलाई शंका लाग्यो। त्यसपछि उसको दस्तावेज र डिजिटल प्रमाणहरूको जाँच गर्दा आरोपी बंगलादेशी रहेको साबित भयो। निरन्तर जाँचबुझ गर्दा मात्र आरोपीले आफ्नो वास्तविक पहिचानको खुलासा गर्दै आफू बंगलादेशको जिल्ला सिलहट निवासी रहेको बतायो।

पुलिस जाँचमा खुलासा भयो, आरोपीे आफ्नो पहिचान लुकाउनको लागि जेण्डर-अफर्मिंग सर्जरी गराएको थियो अनि महिलाको रूप धारण गरी दिल्लीमा बस्दै आइरहेको थियो। उसले दिउँसो भिख माग्थ्यो भने राती आपत्तिजनक गतिविधिहरूमा लिप्त रहन्थ्यो। पहिचान लुकाउनको लागि नियमित रूपमा साड़ी वा सलवार सुट, भारी मेकअप, विग र महिला साज-सज्जाको सामान प्रयोग गर्थ्यो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande