आगलागी हुँदा खरसाङको सिङ्गेल चियाबारीमा घर जलेर खरानी
आगलागी हुँदा खरसाङको सिङ्गेल चियाबारीमा घर जलेर खरानी


खरसाङ, 5 नोभेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिङ्गेल चियाबारीको सिमानाधुरामा आज बिहान लगभग 9:30 बजी सुदिप तामाङको घरमा आगो लागेर घर खरानी भएको छ। कुनै ज्यान मालको नोक्सान नभए पनि घरबाट कुनै समान निकाल्न पाएनन्।

सुदिप तामाङ सिङ्गेल चियाबारीका एकजना श्रमिक हुन्।‌ उनको घरमा जम्मा तीनजना सदस्यहरु रहेका छन्। उक्त आगलागी घटनापछि टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पा, सन्त मेरिज ग्राम पञ्चायत दुईका प्रधान सहदेव तामाङ, उप प्रधान प्रशंसा लेप्चा, पञ्चायत सदस्य साङा तामाङ अनि पञ्चायत समिति सदस्या सञ्जिता तामाङ साञएथै भागोप्रमो टुंगो सन्त मेरिज समष्टिकाे सांगठनिक सचिव बिपन भुजेल, समष्टिको सल्लाहकार दिलिप गजमेर लगायत अन्यहरु पीडित परिवारलाई भेट्न पुगेका थिए।

घटनास्थलमा पञ्चायत प्रधान सहदेव तामाङले सरकारबाट पाउने सबै सहुलियतहरु दिने वचन दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande