
खरसाङ, 5 नोभेम्बर (हि.स.)। मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) को फारम भर्ने कार्य शुरु भएको छ। एसआईआरको लागि बुथ लेभल अफिसरहरू प्रत्येक गाउँको घर घरमा गएर फारम भर्ने कार्य शुरु गरेका छन्।
यसै क्रममा बुधवार बीएलओहरु साथै राजनीतिक पार्टीको बीएलए एसआईआरको फारम भर्ने कार्यमा लागे। गत 27 अक्टोबर रातिदेखि एसआईआर लागू भएको घोषणापछि पश्चिम बंगाल साथै यता पहाडमा पनि अहिले एसआईआरको फारम भर्ने कार्य शुरु गरिएको छ।
यता खरसाङ महकुमा साथै तीनधारे महानदी समष्टिको विभिन्न बुथहरुका बीएलओ गाउँ घरतिर गएर एसआईआरको फारम भर्ने कार्य शुरु गरेका छन्। यस कार्यमा सबै मतदाताहरु तयार भएर बसिदिन साथै फारम भर्नलाई आवश्यक कुराहरु तयार राख्ने आह्वान गरिएको छ।
बीएलओहरू विस्तारै हरेक गाउँका सबै घरहरुमा गएर एसआईआरको फारम भर्ने कार्य गर्ने जानकारी प्राप्त भएको छ। साथै, एसआईआर विषयमा जनसाधारणले अफवाहमा होइन, तर सही जानकारी प्राप्त गर्नु पर्ने आह्वान् पनि गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक