घोलामा रातो-रात भत्काइयो माकपा कार्यालय, क्षेत्रमा तनाउ
घोलामा रातो-रात भत्काइयो माकपा कार्यालय, क्षेत्रमा तनाउ


उत्तर 24 परगना, 05 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा एसआईआर (स्पेशल इन्टेन्सिभ रिभीजन) प्रक्रियालाई लिएर एकातिर राजनीतिक पारा लगातार बढ़्दो छ भने अर्कोतिर उत्तर 24 परगना जिल्लाको घोला क्षेत्रमा राती अँध्यारोमा माकपाको स्थानीय पार्टी कार्यालयमा बुलडोजर चलाएर भत्काइदियो।

माकपाले यस घटनाक पछाड़ि तृणमूल समर्थित उपद्रवीहरूको हात रहेको आरोप लगाएको छ भने अर्कोतिर तृणमूल कंग्रेसले उक्त आरोपलाई पूर्ण रूपले खारेज गर्दै भनेको छ, यो भवन पहिलाबाटै जर्जर अवस्थामा थियो साथै लामो समयदेखिको बन्द पनि थियो।

यहां माकपाको एउटा पुरानो कार्यालय थियो जुन वर्षौंदेखिको बन्द अवस्थामा थियो।

जानकारी अनुसार भवनको छत जीर्ण बनिसकेको थियो। बुधवार बिहान स्थानीय मानिसहरूले भवनलाई बुल्डोजर लगाएर भत्काएको पाए। यो खबर फैलिनसाथ स्थानीय माकपा कार्यकर्ता अनि समर्थकहरू घटनास्थलमा पुगेर व्यापक विरोध प्रदर्शन गर्न थाले। घाटाल पुलिस पनि घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो। माकपा नेताहरूले बताए, उनीहरूलाई यस सम्बन्धमा थानाा लिखित सिकायत दर्ता गराएका छन्।

माकपाको आरोप छ, .यो घटना पूर्ण रूपले राजनीतिक द्वेषको कारणले गरिएको हो। पार्टीको भनाइ छ, तृणमूल समर्थित मानिसहरूले सुनियोजित ढंगमा उनीहरूको कार्यालयलाई रातोरात भत्काइदिए ताकि क्षेत्रमा भय व्याप्त हुन सकोस्।

अर्कोतिर स्थानीय तृणमूल नेतृत्वले माकपाको आरोपलाई आधारहीन बताएको छ। उनको भनाइ छ, माकपाको यो कार्यालय पछिल्लो दश वर्षदेखिको बन्द थियो। भवन जर्जर भएको कारणले आफै भत्कियो। यसमा तृणमूल कंग्रेसको कुनै सरोकार छैन। विपक्षले केवल राजनीतिक लाभको लागि झुटो बोलिरहेको छ।

हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande