लरीले कुल्चिएर दाउरेको मृत्यु, क्षेत्रमा तनाउ व्याप्त
लरीले कुल्चिएर दाउरेको मृत्यु, क्षेत्रमा तनाउ व्याप्त


दक्षिण दिनाजपुर, 05 नोभेम्बर (हि. स.)। सड़क दर्घटनामा एकजना दाउरेको मृत्यु भयो। घटना दक्षिण दिनाजपुर जिल्लाको कुमागञ्ज प्रखण्ड संलग्न क्षेत्रमा बुधवार भएको हो जसमा रसिदुल मण्डल नामक एकजना 40 वर्षीय दाउरेको मृत्यु भयो। पेशाले दाउरे रसिदुलको घर कुमारगञ्जको रामकृष्ण ग्राम पञ्चायत अन्तर्गत केशुरेल गाउँमा छ।

प्राप्त जानकारी अनुसार रसिदुल आज बिहान रूख काट्नको लागि घरबाट हिँड़ेका थिए। यसै अवधि पछाड़िबाट आइरहेको एउटा मालवाहक लरीले तिनलाई ठक्कर दियो। ठक्कर लागेपछि सड़कमा लड़ेका रसिदुललाई लरीले कुल्चियो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।

स्थानीय निवासी अनिसुर रहमानले बताए, लरी अत्यन्त द्रूत गतिमा आइरहेको थियो। यसले रसिदुललाई ठक्कर दिएपछि कुल्चियो। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। आक्रोशित भीड़ले सड़क जाम गरे अनि भागिरहेको लरीलाई पछ्याएर समात्यो। त्यसपछि आक्रोशित ग्रामीणहरूले लरीमा आगो लगाइदिए। सूचना पाउनसाथ कुमारगञ्ज थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। थाना बाहेक थप पुलिस बल स्थितिलाई नियन्त्रण गर्न घटनास्थलमा आइपुग्यो। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि बालुरघाट जिल्ला अस्पतालमा पठाइदियो। यसबीच लरी चालक भाग्न सफल भयो। ने

भनिन्छ, एउटा दमकल वाहनले घटनास्थला पुगेर आगोलाई निभाउने चेष्टा गऱ्यो, तर स्थानीय मानिसहरूले रोकिदिए। आक्रोशित भीड़को दमकलकर्मीहरूसित बहस भयो। पछि पुलिसले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रण गऱ्यो अनि दमकलकर्मीहरूले आगोलाई निभाए। पुलिसले घटनाको जाँच शुरू गरेको छ। घटनापछि क्षेत्रको परिवेश तनाउग्रस्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande