सिलगढ़ी जन्म तथा मृत्यु प्रमाण पत्र धोकाधड़ी मामिलामा महिला एजेन्ट पक्राउ
सिलगढ़ी जन्म तथा मृत्यु प्रमाण पत्र धोकाधड़ी मामिलामा महिला एजेन्ट पक्राउ


सिलगढ़ी, 05 नोभेम्बर (हि. स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ी ग्रामीण अस्पतालमा जन्म एवं मृत्यु प्रमाण पत्र धोकाधड़ी मामिलामा सिलगढ़ीकी एकजना महिला एजेन्टलाई पक्राउ गरिएको छ। यस धोकाधड़ी मामिलामा अहिलेसम्ममा पाँचजना मानिसहरूलाई पक्राउ गरिसकिएको छ। पक्रा पर्ने महिलाको पहिचान सिलगढ़ीको अरविन्दपल्ली निवासी नीलिमा रायको रूपमा भएको छ।

स्वास्थ्य

विभागीय सूत्र अनुसार यस वर्षको गत मईदेखि जुलाईसम्ममा खोरीबाड़ी ग्रामीण अस्पतालबाट 870 वटा जाली प्रमाण पत्र बनाएको प्रमाण भेटिएको छ। स्वास्थ्य विभागको सिकायतको आधारमा पुलिसले मुख्य आरोपी पार्थ साहा सहित पाँचजना मानिसहरूलाई पक्राउ गरेको छ। आरोप छ, यी महिलाले पार्थ साहाबाट धेरै रुपियाँ लिएर जन्म अनि मृत्यु प्रमाण पत्र बनाउँथी।

पुलिसले अनुमान व्यक्त गरेको छ, धोकाधड़ी गिरोहको नेटवर्क व्यापक छ। पुलिसले गए मंगलवार राती लामो जाँचबुझपछि महिलालाई पक्राु गऱ्यो भने बुधवार बिहान खोरीबाड़ी थानाको पुलिसले महिलालाई सिलगढ़ी महकुमा अदालतमा पेश गरी रिमाण्डमा लियो।

सूत्र अनुसार स्वास्थ्य विभागबाट प्राप्त जाली प्रमाण पत्रको सूचीको आधारमा राज्यका विभिन्न थानाहरूमा यस धोकाधड़ी मामिलामा सामेल अन्य एजेन्टहरूलाई पनि खोज्न शुरू गरिएको छ। पुलिसले बतायो, धोकाधड़ी गिरोहको नयाँ खुलासा हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande