
कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको ठाकुरनगरमा बुधवार मतुआ समुदायको एक वर्गले एसआईआर (स्पेशल इन्टेन्सिभ रिभीजन) प्रक्रियाको विरोधमा ठाकुरबाड़ी परिसरमा अनशन शुरू गरेको छ। यो अनशन तृणमूल कंग्रेसकी राज्यसभा सांसद ममताबाला ठाकुरको आह्वानमा गरिएको हो। तथापि उनी यस अवसरमा उपस्थित छैनन्। भनिन्छ, उनी कुन विशेष कार्यले शहरदेखि बाहिर छन् र उनले भर्चुअली यस अनशनको शुरूआत गरिन्।
अनशनमा बसेका मतुआ समुदायका मानिसहरूको मुख्य माग छ— “निःशर्त नागरिकता औ मतदानको अधिकार।”
ममताबाला ठाकुरले पहिला नै आशंका व्यक्त गरिसकेकी छन्, यदि एसआईआर प्रक्रिया लागू भयो भने राज्यका लगभग दुई करोड़ मानिसहरूको नाम मतदाता सूचीबाट हट्नसक्छ जसमा लगभग 95 प्रतिशत मतुआ समुदायबाट हुनेछन्। उनले आरोप लगाएकी थिइन्, एसआईआरको नाममा भाजपाले राजनीतिक षड़यन्त्र रचिरहेको छ र त्यसैको विरोधमा उनीहरूले 5 नोभेम्बरदेखि अनिश्चितकालीन आमरण अनशनको आह्वान गरेका थिए।
ठाकुरबाड़ीमा बुधवार मध्यान्ह लगभग 12 बजेदेखि यो अनशन औपाचरिक रूपमा शुरू भयो। मञ्चमा मतुआ महासंघका केही पदाधिकारीहरू उपस्थित थिए। उनीहरूको भनाइ छ, 1947 सालमा देश विभाजन भएको कारणले भारतमा आएका मतुआ समुदायका मानिसहरू अहिलेसम्मै स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन्, त्यसैले उनीहरूलाई बिना शर्त मतदान गर्ने अधिकार अनि नागरिकता दिइनुपर्छ।
मतुआ नेताहरूले भने, “जबसम्म हाम्रो माग पूरा हुँदैन यो आमरण अनशन जारी रहनेछ।”
यता भाजपा सांसद शान्तनु ठाकुरले समुदायलाई भरोसा दिलाउँदै भने, “मतुआ समाजले सीएए (नागरिकता संशोधन अधिनियम) अन्तर्गत आवेदन गर्नुपर्छ। हामी निर्वाचन आयोगसित अनुरोध गर्नेछौं कि वर्ष 2002-को मतदाता सूचीमा नाम नभएका मतुआ समुदायका मानिसहरूको नामलाई सूचीबाट नकाटियोस्।”
यस सम्पूर्ण घटनाक्रमले ठाकुरनगर र वरपरका क्षेत्रहरूमा राजनीतिक तापक्रम बढ़ाइरहेको छ। पुलिसले क्षेत्रमा शान्ति राख्नको लागि कड़ा सुरक्षा व्यवस्था गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा