तलाउमा भेटियो बेपत्ता बालिकाको शव
तलाउमा भेटियो बेपत्ता बालिकाको शव


हावड़ा, 05 नोभेम्बर (हि. स.)। जिल्लाको उलुबेड़िया थाना अन्तर्गत बानीतला क्षेत्रमा बुधवार बिहान एकजना सात वर्षीय बालिकाको शव घरर नजिकै तलाउमा भेटियो। मृत बालिकाको पहिचान रिया प्रमाणिकको रूपमा भएको छ जो गए मंगलवार अपरान्हदेखि नै बेपत्ता भएकी थिई।

पुलिस सूत्र अनुसार गए मंगलवार अपरान्ह रिया घर नजिकै खेलिरहेकी थिई। त्यसपछिदेखि उ हराएकी थिई। परिवारका सदस्यहरूले सबैतिर खोज तलास गऱ्यो, तर कतै पत्तो लागेन। त्यसपछि बुधवार बिहान स्थानीय मानिसहरूले रियाको घर नजिकै तलाउमा एउटा शवलाई देखे अनि तुरून्तै पुलिसलाई सूचना दिए।

खबर पाउनसाथ उलुबेड़िया थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी शरत चन्द्र च्यटर्जी मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण क्षेत्रको सीसीटीभी फुटेजको जाँच शुरू गरेको छ। जाँचमा रियाको साइकल पनि तलाउमा भेटिएको छ।

पुलिसको प्रारम्भिक अनुमानमा गए मंगलवार अपरान्ह साइकल चलाउँदै गर्दा कुनै कारणवश रिया तलाउमा झऱी होली जसले गर्दा उसको डुबेर मृत्यु भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले मामिला दर्ता गरी जाँच कार्यलाई अगाड़ि बढ़ाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande