भारत-बंगलादेश सीमामा अवैध कफ सिरपको जफतीलाई लिएर पुलिस-बीएसएफमाझ विवाद, केही पुलिसकर्मी घाइते
भारत-बंगलादेश सीमामा अवैध कफ सिरपको जफतीलाई लिएर पुलिस-बीएसएफमाझ विवाद, केही पुलिसकर्मी घाइते


कोलकाता, 06 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको नदिया जिल्लास्थित भारत-बंगलादेश सीमा संलग्न चापड़ा क्षेत्रमा गए मंगलवार राती अवैध कफ सिरपको जफतीलाई लिएर पुलिस अनि सीमा सुरक्षा बल (बीएसएफ)-माझ विवाद भएपछि क्षेत्रको माहोल तनाउग्रस्त भयो।

मामिलामा दाबी गरिँदैछ, झड़प अवधि केही पुलिसकर्मीहरू घाइते भए पनि एकजना बीएसएफ जवानलाई पुलिसले हिरासतमा लियो। तथापि राती नै बीएएसफको पक्षबाट यसलाई “सामान्य भूल बुझाबुझ” बताएर स्थितिलाई नियन्त्रण गरियो।

बुधवार अपरान्ह बीएसएफले आफ्नो आधिकारिक व्हाट्सएप ग्रुपमा बयान जारी गऱ्यो, पुलिससित झड़प भएको कुरा पूर्ण रूपले आधारहीन छ र यस्तो केही पनि भएको थिएन। पुलिसको पक्षबाट पनि यस्तै दाबी गरिएको छ।

सूत्र अनुसार करिमपुरदेखि कृष्णनगर तर्फ गइरहेको एउटा बस मार्फत प्रचुर मात्रामा प्रतिबन्धित कफ सिरप फेन्सिडिलको तस्करी भइरहेको सूचना पाएपछि चापड़ा थाना पुलिसले बसलाई पछ्यायो। सीमामनगरमा बीएसएफ क्याम्प निकट वाहनलाई रोकेर पुलिसले प्रतिबन्धित सिरपलाई जफत गऱ्यो।

आरोप छ, यसै अवधि बीएसएफका जवानहरू घटनास्थलमा आइपुगे अनि जफत गरिएको सामानलाई कब्जामा लिने प्रयास गरे। पुलिसद्वारा रोक्ने चेष्टा गरिँदा कथित रूपमा उनीहरूले कुटपिटको सामना गर्नु पऱ्यो। केही पुलिसकर्मीहरू गम्भीर रूपमा घाइते भए। त्यसपछि पुलिसले एकजना बीएसएफ जवानलाई हिरासतमा लिएर मामिलाको जाँच शुरू गरिएको छ।

बीएसएफद्वारा जारी बयानमा बनिएको छ, सम्पूर्ण विवाद एक “सामान्य भूल बुझाबुझ”- को नतिजा थियो र जफत गरिएको कफ सिरप अब पुलिसको अभिरक्षामा छ। सादा पोशाकमा रहेको एकजना बीएसएफ जवानलाई हिरासतमा लिइएको थियो, तर उसलाई छोड़िएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande