नाबालिकसित अश्लील व्यवहारको आरोपमा युवक पक्राउ
नाबालिकसित अश्लील व्यवहारको आरोपमा युवक पक्राउ


सिलगढ़ी, 05 नोभेम्बर (हि. स.)। एनजेपी थानाको पुलिसले नाबालिगसित अश्लील व्यवहार गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। एनजेसी थाना अन्तर्गत शान्तिपाड़ा निवासी पक्रा पर्ने युवकको नाम गोपनीय राखिएको छ।

पुलिस सूत्र अनुसार युवकले गए मंगंलवार राती आफ्नै टोलका एकजना नाबालिक किशोरीलाई एक्लै पाएर उसित अश्लील व्यवहार गर्न थाल्यो। तर नाबालिक उसको चंगुलबाट भाग्न सफल भई अनि घरमा पुगेर परिवारलाई घटना बारे बताई। पछि नाबालिक र उसको परिवारले एनजेपी थानामा सिकायत दर्ता गराए। सोही सिकायतको आधारमा एनजेपी थानाको पुलिसले गए मंगलवार अबेर रात आरोपी युवकलाई पक्राउ गऱ्यो। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande