माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण
माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण


सोरेङ, 5 नोभेम्बर (हि.स.)। आगामी माघे मेला 2026 को तयारीलाई लिएर आज एक संयुक्त निरीक्षण सम्पन्न गरियो। जूम फाटकबाट शुरू गरिएको निरीक्षणको उद्देश्य वार्षिक माघे मेला समारोहको सफल आयोजनको लागि तयारीको स्तर आकलन गर्नु र प्रभावशाली अन्तर विभागीय समन्वय सुनिश्चित गर्नु रहेको थियो।

यस अवसरमा क्षेत्र विधायक मदन सिन्चुरी, सोरेङका जिल्लापाल धिरज सुबेदी, नाम्चीकी जिल्लापाल अनुपा तामलिङ तथा अन्य अधिकारीहरू उपस्थित थिए।

एसआईआरडी एवं पीआर निर्देशक विशाल मुखियाले माघे मेला 2026 मा प्रदर्शन गरिने विभिन्न स्टलहरू, मनोरञ्जनात्मक खेलहरू र अन्य मेला गतिविधिहरूको लागि प्रस्तावित स्थानहरूबारे जानकारी गराए। निरीक्षण टोलीले सबै प्रस्तावित व्यवस्थाहरूको समीक्षा गर्‍यो र थप सुधारका लागि सुझाउहरू प्रदान गर्‍यो। पहुँच मार्गहरू, ट्राफिक व्यवस्थापन, स्टल सेटअप, भीड नियन्त्रण, सुरक्षा उपायहरू, फोहोर व्यवस्थापन, र सार्वजनिक सुविधाहरू जस्ता प्रमुख पक्षहरूमा विशेष ध्यान दिइयो। सबै सम्बन्धित विभागहरूलाई आ-आफ्नो तयारी कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन दिइयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande