
नोएडा, 05 नोभेम्बर (हि.स.)। थाना सेक्टर 39 पुलिसले महिला अधिवक्तालाई आत्महत्याको निम्ति बाध्य गर्ने उसको प्रेमी उकीललाई आज पक्राउ गरेको छ। उलाई न्यायालयमा पेश गरियो। आरोपीले महिला अधिवक्तालाई बिहेको सपना देखाएर उसित शारीरिक सम्बन्ध बनायो तथा पछि उले बिहे गर्न अस्वीकार गरेको थियो। यसबाट आहत महिला अधिवक्ताले मंगलवार आफ्नो घरमा आत्महत्या गरेकी थिई।
सहायक पुलिस आयुक्त प्रवीण कुमार सिंहले बताए, मूल रूपमा बिहार निवासी एक ठूला ठेकेदार सेक्टर 105 केबी-ब्लकमा बस्छन्। उनकी 24 वर्षीय छोरी पेशाले अधिवक्ता थिई। उसको अभिप्राय नाम गरेको एक अन्य अधिवक्ताको साथ प्रेम प्रसंग चलिरहेको थियो। यो कुरा उसका परिजनहरूलाई पनि थाहा थियो। अभिप्रायले प्रीतिसत बिहेको वाचा गऱ्यो तर उसले पछि बिहे गर्न अस्वीकार गऱ्यो। यसबाट आहत प्रीतिले मंगलवार आफ्नो घरमा पंखाबाट फन्दा लगाएऱ आत्महत्या गरिन्। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। जाँचमा पुलिसले केही साक्ष्य फेला पारेको छ।
मृतकाका परिजनहरूको शिकायतको आधारमा पुलिसले यस मामिलामा रिपोर्ट दर्ता गरी आऱोपीलाई आज पक्राउ गरेको छ। उलाई न्यायालयमा पेश गरियो, जहाँबाट कोर्टले उलाई 14 दिनको न्यायिक हिरासतमा जेल पठाएको छ। भनिन्छ, मृतका गर्भवती थिई।
मृतकाका परिजनहरू अनुसार, आरोपीले पहिले पनि एक पल्ट उसको गर्भपात गराएको थिय़ो। उले मृतकालाई धेरै दिक्क दिनेगर्थ्यो। मृतकाका परिजनहरूको यो पनि आऱोप छ कि आरोपीले उसित कुटपिट गर्नेगर्थ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी