
नोएडा, 05 नोभेम्बर (हि.स.)। थाना सेक्टर 20 मा एक व्यक्तिले रिपोर्ट दर्ता गराएको छ कि उनको एक परिचित जो यूपी पुलिसमा आईजीको पदमा तैनाथ छन्, उनको नाममा अज्ञात बदमाशहरूले उनीसित सम्पर्क गरे तथा उनीबाट 70 हजार रूपियाँ ठगे। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।
थाना सेक्टर 20 को प्रभारी निरीक्षक डीपी शुक्लले बताए, हिजो राति निठारी गाउँ निवासी मनोज कुमार पुत्र राजपाल शर्माले थानामा रिपोर्ट दर्ता गराएका छऩ् कि 03 नोभेम्बर राति उनको मोबाइल फोनमा एउटा मेसेज आय़ो। मेसेज गर्नेले भन्यो उ यूपी पुलिसको आईजी अशोक सिंहको साथी बोलिरहेको छ। अशोक सिंहले तपाईलाई केही समान दिनु भनेको छ। पीड़ित अनुसार, आरोपीले त्यसको सट्टा उनीबाट दुई पल्टमा अनलाइन 70 हजार रूपियाँ आफ्नो खातामा ट्रान्सफर गरायो। पीड़ित अनुसार, पुलिस अधिकारी अशोक कुमार सिंह उनको परिचित भएकोले उनले विश्वास गरेर यो रकम आरोपीले बताएको खातामा ट्रान्सफर गरे। पीड़ितको शिकायतमा घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी