जौनपुरमा प्रेम प्रसंगको कारण युवतीको गला रेतेर हत्या
जौनपुरमा प्रेम प्रसंगको कारण युवतीको गला रेतेर हत्या


जौनपुर, 05 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशमा जिल्ला जौनपुरको सुजानगंज थाना अन्तर्गत एक गाउँमा मंगलवार अबेर राति एक युवतीको गला रेतेर हत्या गरियो। प्रारम्भिक जाँचमा मामिला प्रेम प्रसंगको बताइएको छ। पुलिस अधीक्षकले खुलासाको निम्ति चार टीम लगाएका छन्।

क्षेत्राधिकारी बदलापुर विवेक कुमार सिंहले बुधवार बताए, मृतकाको पहिचान सुजानगंज थाना क्षेत्रको सुल्तानपुर गाउँ निवासी बृज भूषण गौतमकी छोरी रोशनी (22) को रूपमा गरिएको छ। घटनाको सम्बन्धमा भाई विकासबाट थाहा लागेको छ कि बहिनी रोशनी शौचको निम्ति बाहिर निस्केकी थिई, तब कसैले उसको हत्या गऱ्यो। धेरै बेरसम्म जब उ घर फर्किनन् तब कान्छि बहिनी स्वाति रोशनीलाई खोज्न बाहिर निस्किन्। खेतमा दिदीको गला रेतेको शव देखेर स्वातिले परिजनलाई जानकारी दिइन्। घटनास्थलमा परिजन र गाउँलेहरूको भीड़ जमा भयो। सूचना पाएर पुलिस अधीक्षक डा. कौस्तुभ र अन्य पुलिस अधिकारी घटनास्थलमा पुगे। पुलिसले फोरेन्सिक टीमको साथ घटनास्थलको जाँच गरी साक्ष्य एकत्र गरेको छ।

सीओले बताए, प्रथम दृष्टया प्रेम प्रसंगको कारण युवतीको हत्या गरिएको हो। परिजनहरूको शिकायतमा नरहन निवासी अमित सरोज विरूद्ध मुद्दा दर्ता गरिएको छ। पुलिसले आरोपीलाई खोज्न चार टीमलाई खटाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande