
कोलकाता, 05 नोभेम्बर (हि.स.)। रोमाञ्च, अनुशासन र राष्ट्रभक्तिको अद्भुत संगमलाई प्रदर्शन गर्दै पश्चिम बंगाल अनि सिक्किम निदेशालयका 60 जना नौसैनिक एनसीसी क्याडेटहरूले बुधवार फरक्कादेखि कोलकातासम्म गंगा नदीको मार्गबाट एक प्रेरक सेलिंग अभियानको शुरूआत गरे। 20दिनसम्म चल्ने यस अभियानमा क्याडेटहरूले 400 किलोमीटरभन्दा अधिकको दूरी तय गर्नेछन्। यो यात्रालाई वन्दे मातरमको 150औं वर्ष पूरा भएको उपलक्ष्यमा राष्ट्रको एकता अनि देशभक्तिको भावनालाई समर्पित गरिएको छ।
रक्षा मन्त्रालयको पूर्वी कमान मुख्यालयद्वारा बिहीवार बिहानजारी बयानमा बताइएको छ, उत्साहपूर्वक परिवेशमा फ्ल्याग-अफ गरियो। यस अभियानको उदेश्य राष्ट्रिय क्याडेटको मूल्यहरू- टीमवर्क, सहनशीलता र नेतृत्वको प्रदर्शन गर्नु हो। गंगाको जलधारामा अगाड़ि बढ़्दै क्याडेटले आफ्नो शारीरिक तथा मानसिक सामर्थ्यको परीक्षा मात्र दिनेछैन, नदी तटका विभिन्न समुदायहरूसित सम्वाद पनि स्थापना गर्नेछ।
यात्रा अवधि क्याडेटले केही स्थानहरूमा सामाजिक सेवा र सामुदायिक विकास कार्यक्रमहरूमा भाग लिनेछ। यसमा जागरूकता अभियान, स्वच्छता गतिविधि, वृक्षारोपण तथा स्थानीय युवाहरूसित सम्वाद सामेल छन् जसबाट नागरिक जिम्मेवारी अनि राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ़ बनाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा