खरसाङको पंखाबारी रोडमा पुलिस गाडी दुर्घटनामा पाँचजना पुलिसकर्मीलाई सामान्य चोट
खरसाङको पंखाबारी रोडमा पुलिस गाडी दुर्घटनामा पाँचजना पुलिसकर्मीलाई सामान्य चोट


खरसाङ, 06 नोभेम्बर (हि.स.)। खरसाङको पंखाबारी रोडमा आज दिउँसो एउटा पुलिस गाडी दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। उक्त गाडी दुर्घटनामा चालकसहित पाँचजना पुलिसकर्मी घाइते भएको बताइएको छ।

दुर्घटनामा पुलिसकर्मीहरुलाई सामान्य चोट लागेको र खरसाङ महकुमा अस्पतालमा उपचारपछि छुट्टी दिइएको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार, पुलिसको गाडी खरसाङ पुलिस थानाबाट सिलगढीतर्फ गइरहेको समय पंखाबारी रोडमा दुर्घटना भएको हो। दुर्घटना बिहान लगभग 11:30 भयो।

खरसाङ पुलिस थानाका एसआई सागर प्रधानले भने, पुलिसकर्मीलाई सामान्य चोट लागेको छ र खरसाङ महकुमा अस्पतालमा उपचारपछि छुट्टी दिइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande