एसआईआर भइरहेको समय जंगलमा भोटर कार्डहरूको थुप्रो भेटियो
एसआईआर भइरहेको समय जंगलमा भोटर कार्डहरूको थुप्रो भेटियो


जलपाइगढ़ी, 06 नोभेम्बर (हि. स.)। जिल्लाको राजगञ्ज ब्लकमा एसआईआर भइरहेको अवस्थामा जंगलमा भोटर कार्डहरूको थुप्रो भेटिएको घटनाले कोकोहोलो मचियो। बिहीवार बिहान राजगञ्ज बीडीओ कार्यालयको पछाड़ितिरको जंगलमा केही भोटर कार्डहरू फालिएको भेटियो। तथापि यी भोटर कार्डहरू कहाँबाट आयो भन्ने कुरा रहस्य नै छ।

यस कुरालाई लिएर अड़कहरू लगाउन शुरू भएको छ कि यी भोटर कार्डहरूलाई त्यहाँ कसले र किन फालेका हुन्। क्षेत्रका कतिपय मानिसहरूले सबैभन्दा पहिला यी कार्डहरूलई जंगलमा फालिएको अवस्थामा देखे। खबर पाएर बीडीओ कार्यालयका कर्मचारीहरू घटनास्थलमा पुगे अनि सबै भोटर कार्डहरूलाई जफत गरे। यस सम्बन्धमा बीडीओ कार्यालयका हेट क्लर्क सञ्जीव रायले भने, मलाई यस सम्बन्धमा केही पनि थाहा छैन। चुनाउ प्रभारीलेनै यस विषयमा बताउन सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande