दक्षिण 24 परगनामा भाजपाका बीएलएमाथि हमला
दक्षिण 24 परगनामा भाजपाका बीएलएमाथि हमला


दक्षिण 24 परगना, 6 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बारुईपुर पूर्व विधानसभा क्षेत्र अन्तर्गत बेगमपुर ग्राम पञ्चायतको दूशो कलोनी क्षेत्रमा गए बुधवार राती रजनीतिक तनाउ फैलियो। भाजपाको बूथ लेभल एजेन्ट (बीएलए-2) माथि कुटपिट गरेको आरोप लगाइएको छ। यस घटनामा बीएलओ र तृणमूल कंग्रेस कार्यकर्ताहरूको नाम मुछिएको छ।

भाजपाको आरोप छ, उनीहरूको बीएलएले बुधवार राती आफ्नो क्षेत्रमा एसआईआरसित सम्बन्धित काम गरिरहेका थिए, यसै अवधि बीएलओ र तृणमूल समर्थकहरूले मिलेर तिनीमाथि हमला गरे। घटनापछि क्षेत्रमा तनाउ फैलियो अनि भाजपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे।

यद्यपि यस मामिलामा आरोपी महिला बीएलओले प्रत्यक्रमण गर्दै आरोप लगाइन्, भाजपा कार्यकर्ताहरूले नै उनलाई धम्काए। उनको भनाइ छ, “भाजपाका मानिसहरूले मलाई भने, यदि म उनीहरूसित गइनँ भने मेरो नोकरी नै खोसिनेछ। उनीहरूले मलाई डराउने अनि धम्काउने चेष्टा गरे।”

यता तृणमूल कंग्रेसले पनि कुटपिट गरेको आरोपलाई अस्वीकार गरेको छ। पार्टीको पक्षबाट दाबी गरिएको छ, भाजपा कार्यकर्ताहरू मातेका कारण आपस्तमा झगड़ा गरिरहेका थिए र अहिले उनीहरूले तृणमूलमाथि झुटो आरोप लगाइरहेका छन्।

घटना पश्चात स्थानीय पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले बतायो, मामिलाको सिकायत दर्ता गरिएको छ र सम्पूर्ण घटनाक्रमको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande