
सिलगढ़ी, 06 नोभेम्बर (हि.स.)। फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको कञ्चनबाड़ी क्षेत्रमा एसआईआर फारम लिन गएकी गृहणीको घरमा दुस्साहसिक चोरी भएको प्रकाशमा आएको छ। सुन र चाँदीका गहनाहरू सहित दश हजार रुपियाँ नगद चोरेर चोरले सुइँकुच्चा ठोक्यो।
वास्तवमा राज्यभरि नै मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया भइरहेको छ। गए बुधवार साँझ राजू रायकी पत्नी चुुमकी राय फारम लिनका लागि नजिकै गएकी थिइन्। उनी गएपछि घरमा कोही पनि थिएन। यसैको फाइदा उठाएर चोरहरूले घरबाट बहुमूल्य वस्तुहरू चोरेर भागे।
चुमकी रायले बताइन्, मतदान फारम लिन गएकी थिएँ। राती घरमा फर्किँदा ढोका भत्किएको थियो साथै घरका सबै सामानहरू यत्रतत्र छरिएका थिए। आलमारीमा राखिएको सुनको चरा, झुम्का, पायल सहित लगभग दश हजार रुपियाँ हराएको थियो। पछि सम्पूर्ण घटनाको सम्बन्धमा एनजेपी थानामा लिखित सिकायत दर्ता गराइयो। पुलिसले जाँच शुरूगरेको छ। चोरीको घटनाले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा