भाजपा बीएलएमाथि कुटपिट गरेको आरोप तृणमूलमाथि
भाजपा बीएलएमाथि कुटपिट गरेको आरोप तृणमूलमाथि


कुचबिहार, 06 नोभेम्बर (हि.स.)। भाजपाको बूथ लेभल एजेन्ट (बीएलए-2)-माथि कथित कुटपिट गरेको अनि जुत्ताको माला लगाएर घुमाएको आरोप तृणमूलमाथि लागेको छ। घटना बिहीवार बिहान माथाभांगा-1 प्रखण्डको पचागढ़ पञ्चायत क्षेत्रमा भएको हो। घटनाको कारणले तनाउ व्याप्त भएको छ। पछि माथाभांगा थाना पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।

प्राप्त जानकारी अनुसार माथाभांगा-1 प्रखण्डको पचागढ़ पञ्चायत अन्तर्गत छातखतेरबाड़ीको बूथ संख्या- 239 मा मतदाता सूचीको विशेष गहन सुधार (एसआईआर)-को लागि फारम वितरण गरिँदैथ्यो। भाजपाका बीएलए-2 निवास दास उनीहरूसित थिए।

भाजपाले आरोप लगाेको छ, यसै अवधि तृणमूल कंग्रेसका केही स्थानीय नेताहरूले बीएलओ निशीथ रायसित मिलेर निवासमाथि हमला गरे। निवासमाथि कुटपिट गर्नको साथै उसलाई जुत्ताको माला लगाएर घुमाइयो पनि। यस मामिलालाई लिएर भाजपाले माथाभांगा थानामा तीनजना आरोपीहरूविरूद्ध सिकायत दर्ता गरेको छ।

भाजपा नेता सुशिल बर्मनले बताए, बीएलओ लगायत अन्य तीनजना आरोपीहरूविरूद्ध चुनाउ आयोगमा लिखित सिकायत दर्ता गरिएको छ। तथापि बीएलओ निशीथ रायले भने, यस घटनासित मेरो कुनै सम्बन्ध छैन। सिकायत पूर्ण रूपले निराधार छ।

तृणमूल कंग्रेसका कुचबिहार जिल्ला अध्यक्ष गिरिन्द्रनाथ बर्मनले भने, हामीलाई मामिलाको जानकारी छैन। हामी जाँच गरिरहेका छौं। तथापि यस्तो घटना घटेको हो भने यो निन्दनीय छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande