
हुगली, 06 नोभेम्बर (हि.स.)। भाजपाको श्रीरामपुर सांगठनिक जिल्ला कार्यालयमा बिहीवार एक विशेष सांगठनिक बैठक आयोजना गरियो। बैठकमा देशका केन्द्रिय मन्त्री एवं पश्चिम बंगालमा भाजपा चुनाउ प्रभारी भूपेन्द्र यादव, प्रदेश भाजपाका संयुक्त महासचिव संगठन शतिश ढोंड, प्रदेश भाजना नेता लकेट च्यटर्जी, जोनल कन्भेनर मनोज पाण्डेय, श्रीरामपुर सांगठनिक जिल्ला भाजपा अध्यक्ष सुमन घोष, उपाध्यक्ष शशि सिंह झा, उपाध्यक्ष राजेश सिंह सहित केही प्रमुख भाजपा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।भाजपा सूत्र अनुसार उक्त बैठकमा श्रीरामपुर सांगठनिक जिल्लामा भाजपाको संगठनात्मक कार्यहरूको समीक्षा गरियो। सूत्र मुताविक बैठकमा आगामी कार्यक्रम, संगठन सुदृढ़ीकरण तथा चुनावी रणनीतिलाई लिएर विस्तार पूर्वक चर्चा गरियो। पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूलाई बूथ स्तरमा संगठनको पक्षबाट मजबुत बनाउने निर्देश दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा