बागडोगराको बेंगडुबी आर्मी क्याम्पबाट बंगलादेशी पक्राउ
बागडोगराको बेंगडुबी आर्मी क्याम्पबाट बंगलादेशी पक्राउ


सिलगढ़ी, 6 नोभेम्बर (हि.स)। बागडोगराको बेंगडुबी आर्मी क्याम्पबाट एकजना बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम नन्द मण्डल हो। उसको भारतीय पहिचान पत्र अनुसार उ जलपाईगुड़ीको बासिन्दा हो, तर वास्तवमा उ बंगलादेशको मुन्शीगञ्ज निवासी हो।

सूत्र अनुसार बेंगडुपी आर्मी क्याम्प क्षेत्रमा निर्माण कार्य भइरहेको छ जसमा आरोपीले सुपरभाइजरको रूपमा काम गरिरहेको थियो। आरोप छ, तीन-चार दिनदेखिको आफ्नो कामको जाँच गर्नको लागि उ बेंगडुबीको आर्मी क्याम्पमा प्रवेश गर्दै आइरहेको थियो। यसै क्रममा गए बुधवार आर्मी क्याम्पमा प्रवेश गर्दै गर्दा आरोपीले भूलवश मोबाइलबाट आफ्नो बंगलादेशी पहिचान पत्र देखायो। त्यसपछि सेनाले उसलाई पक्राउ गऱ्यो। पछि सेनाका अधिकारीहरूले आरोपीलाई बागडोगरा पुलिस थानामा सुम्पिदिए। पक्रा पर्ने नन्द मण्डल अवैध रूपमा सीमाबाट छिरेर भारतमा आएकोथियो। सेनाले आरोपीको मोबाइल फोनबाट भारतीय भोटर आईडी, प्यान र एटीएम कार्डसितै बंगलादेशी पहिचान पत्र जफत गरेको छ। बागडोगरा पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande