
कोलकाता, 06 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यमा बाल-बालिकाहरूको विशेष चिकित्सा सेवाको क्षेत्रमा पश्चिम बंगालले उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेकी छन्। बिहीवार सोशल मीडियामा उनले लेखिन्, राज्य सरकार बाल-बालिकाहरूलाई सर्वोत्तम स्वास्थ्य सुविधा दिनको लागि निरन्तर प्रतिबद्ध छ।
मुख्यमन्त्रीले बताइन्, वर्ष 2013-मा शुरू गरिएको ‘शिशु साथी’ परियोजना यस दिशामा एक प्रभावी पहल हो। अहिलेसम्ममा लगभग 3 सय करोड़ रुपियाँको व्ययले 63 हजारभन्दा अधिक बाल-बालिकाहरूलाई जन्मजात हृदय रोग, काटिएको ओठ/तालु, ‘क्लबफुट’ तथा ‘न्यूरल ट्यूब’ दोष जस्ता समस्याहरूको लागि निःशुल्क उपचार प्रदान गरिसकिएको छ ताकि कुनै पनि बाल-बालिका उपचारदेखि वञ्चित नरहोस्।
विशेषज्ञहरू अनुसार क्लबफुट एक जन्मजात वा अर्जित विकार हो जसमा एउटा वा दुवै खुट्टा भित्रतिर वा तलतिर मोड़िएको हुन्छ जसलाई नानीहरूको खुट्टासित सम्बन्धित सबैभन्दा सामान्य जन्मजात दोष मानिन्छ। त्यसरी नै न्यूरल ट्यूब भ्रूण त्यो संरचना हो जसले मस्तिष्क र रीढ़को हड्डी निर्मण गर्छ। गर्भावस्थाको शुरूआती सप्ताहमा यो सही ढंगले बन्द नहुनु नै ‘स्पाइना बिफिडा’ र ‘एनेन्सफैली’ जस्ता गम्भीर जन्मजात विकारहरूको कारण बन्नदछ।
राज्य सरकारको भनाइ छ, यो पहल बाल स्वास्थ्यलाई सुदृढ़ बनाउन तथा समाजको कमजोर वर्गका बाल-बालिकाहरूको श्रेष्ठ जीवन सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा