राज्यका मुख्य सूचना आयुक्त भास्कर ज्योति महन्तले दिए राजीनामा
राज्यका मुख्य सूचना आयुक्त भास्कर ज्योति महन्तले दिए राजीनामा


गुवाहाटी, 06 नोभेम्बर (हि.स.)। राज्यका मुख्य सूचना आयुक्त भास्कर ज्योति महन्तले आफ्नो पदबाट राजीनामा दिएका छन्। भनिन्छ, उनको भाइ श्यामकानु महन्तविरूद्ध केही आरटीआई आवेदन दर्ता गरिएको थियो।

सूत्र अनुसार उक्त आरटीआई आवेदनहरूको पृष्ठभूमिमा मुख्यमन्त्रीले उनलाई पद छोड़्ने सल्लाह दिएका थिए। मुख्यमन्त्रीको सल्लाहलाई शिरोपर गर्दै भास्कर ज्योतिले आफ्नो त्यागपत्र राज्यपालाई सुम्पिए।

असमका पूर्व पुलिस महानिदेशक (डीजीपी) भास्कर ज्योति महन्तलाई उनको सेवानिवृत्ति पश्चात अगस्त, 2023- मा असमका मुख्य सूचना आयुक्त नियुक्त गरिएको थियो।

उल्लेखनिय छ, असम पुलिसको एक विशेष जाँच दल (एसआईटी)-ले गत 19 सेप्टेम्बर, 2025-मा सिंगापुरमा भएको गायक जुबिन गर्गको मृत्यु को सिलसिलामा भास्कर ज्योति महन्तको भाइ श्यामकानु महन्तलाई पनि पक्राउ गरेको थियो।

असम-मेघालय क्याडरको 1988 ब्याचका आईपीएस भास्कर ज्योति महन्तले वर्ष 2019-देखि 2023 सम्म असम पुलिसको महानिदेशकको रूपमा कार्य गरे। यसपूर्व उनले असममा सीमा तथा एसडीआरएफको विशेष महानिदेशकको पद सम्हालेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande