पहिले मतदान, अनि जलपान : प्रधानमन्त्री
PM modi


पटना, 6 नोभेम्बर (हि.स.)। बिहार विधानसभाको पहिलो चरणको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ। १८ जिल्लाका १२१ विधानसभा सीटमा मतदान भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाउको अवसरमा मतदाताहरूसँग मतदान गर्न अपील गरेका छन्।

उनले एक्समा लेखेका छन्, बिहारमा आज लोकतन्त्रको पर्वको पहिलो चरण हो। विधानसभा चुनाउका यस चरणका सबै मतदाताहरूसँग मेरो आग्रह छ कि उनीहरूले पूर्ण उत्साहका साथ मतदान गर्नुहोस्। यस अवसरमा पहिलो पटक मतदान गर्न गइरहेका राज्यका सबै युवा साथीहरूलाई मेरो विशेष बधाई। याद राख्नु होला, पहिले मतदान, अनि जलपान।

समस्तीपुरको कर्पूरी ग्रामस्थित बुथ नम्बर ७३ मा केन्द्रिय कृषि राज्यमन्त्री रामनाथ ठाकुरले पहिलो मतदान गरे। मतदानपछि उनले भने, म विकासको नाममा मतदान गर्छु र आज पनि विकासका नाममा मतदान गरे। जिल्लामा पहिलो चरणको मतदान सुरु भइसकेको छ।

बिहार सरकारका मन्त्री तथा बाँकीपुरबाट भाजपा उम्मेदवार नितिन नवीनले पटनास्थित दीघाको मिलर हाइ स्कूल बुथ नम्बर ३९४ र ३९६ मा आफ्नो मत दिएका छन्। त्यस्तै मोकामा विधानसभा क्षेत्रबाट राजद उम्मेदवार वीणा देवीले पनि मतदान गरेकी छन्।

पहिलो चरणको मतदान सुरु भएपछि केन्द्रिय मन्त्री तथा भाजपा नेता गिरिराज सिंहले बिहिबार लखीसरायस्थित आफ्नै पैतृक गाउँ बरहैयाको मन्दिरमा पूजा-आराधना गरेका छन्।

--

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande