भारतले दियो ल्याटिन अमेरिकासॅंग व्यापार बढ़ाउनमा जोड, पेरू र चिलीसित समाझौतामा बैठक
ल्याटिन


नयाँ दिल्ली, 06 नोभेम्बर (हि.स.)। भारत र ल्याटिन अमेरिकी देश पेरू र चिलीबीच व्यापार समझौतालाई लिएर बैठकहरू बस्यो। यी समझौताहरूले आउने समयमा भारतको निम्ति खनिज, दवाई, अटोमोबाइल, वस्त्र र खाद्य प्रसंस्करण जस्ता क्षेत्रहरूमा नयाँ अवसर बन्ने सम्भावना छ।

वाणिज्य र उद्योग मन्त्रालय अनुसार, पेरूको राजधानी लीमामा 3 देखि 5 नोभेम्बरसम्म भारत-पेरू व्यापार समझौताको 9औं बैठक बस्यो। यसमा दुवै देशले वस्तु र सेवाहरूको व्यापार, नियमहरूको उत्पत्ति, तकनीकी अवरोध, सीमा शुल्क प्रक्रिया, विवाद समाधान र महत्वपूर्ण खनिजहरूमाथि प्रगति भयो। बैठकमा पेरूकी विदेश व्यापार र पर्यटन मन्त्री टेरेसा स्टेला मेरा गोमेज, उप मन्त्री सीजर अगस्तो ल्योना सिल्वा, भारतका राजदूत विश्वस विदू सापकल र भारतीय प्रतिनिधिमण्डलका प्रमुख संयुक्त सचिव विमल आनन्द सामेल रहे।

मन्त्री गोमेजले भने, दुवै देशको अर्थव्यवस्था एक-अर्काको पूरक हो र समझौतालाई शीघ्र पूरा गर्ने दिशामा काम जारी रहनेछ। भारतीय राजदूत सापकलले भऩे, यो समझौता व्यापार र निवेशलाई नयाँ दिशा दिनेछ र दुवै देशको निम्ति लाभकारी प्रमाणित हुनेछ। दुवै पक्षले जनवरी 2026 मा नयाँ दिल्लीमा आगामी चरण आयोजित गरिने तय गरे।

वाणिज्य मन्त्रालय अनुसार, यस अगाड़ी 27 देखि 30 अक्टोबरसम्म चिलीका राजधानी सेन्टियेगोमा भारत-चिली व्यापक आर्थिक भागीदारी समझौताको तेस्रो बैठक बसेको थियो। यसमा वस्तु र सेवाहरूको व्यापार, निवेश, बौद्धिक सम्पदा अधिकार, तकनीकी मानक, आर्थिक सहयोग र महत्वपूर्ण खनिजहरूमाथि छलफल भएको थियो। दुवै देशले यस समझौतालाई शीघ्र पूरा गर्ने भरोसा व्यक्त गरे ताकि बजारसम्म पहुँच र आपूर्ति श्रृंखलालाई मजबूत बनाउन सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande