
पटना, 06 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह मन्त्री अमित शाहले बिहारका युवाहरूको बुद्धिमताको प्रशंसा गर्दै ठूलो बयान दिएका छन्। एक टीवी च्यानललाई दिएको साक्षात्कारमा उनले भने, साइन्टिफिक डेटाको आधारमा म भन्न सक्छु कि बिहारका युवाको आईक्यू लगभग विश्वमा सबैभन्दा अधिक छ।
शाहले भने, बिहारले सदैव देशलाई नेतृत्व दिने व्यक्ति दिएको छ। चाहे राजनीति होस्, प्रशासन होस् या फेरि शिक्षाको क्षेत्र। यदि देशको कुनै राज्यले सबैभऩ्दा धेरै आईएएस आईपीएस र डाक्टर-इन्जीनियर दिएको छ भने त्यो हो बिहार। बिहारका युवाहरूमा संघर्षको क्षमता र सिक्ने भोक दुवै असाधारण छन्। उनले यसलाई बिहारको माटो र पारिवारिक संस्कारसित जोड़िएको बताए।
गृहमन्त्रीले भने, यहाँको हरेक नानीलाई स्थितिसित लड्नु आउछ र यही उसको सबैभन्दा ठूलो शक्ति हो। राजनीतिक खेमाहरूमा शाहको यो बयान चर्चाको विषय बनेको छ। एनडीए खेमाका नेताले यसलाई बिहारको सम्मानसित जोड़िरहेका छऩ् जबकि विपक्षी दलले यसलाई चुनावी मौसममा युवाहरूलाई लोभ्याउने प्रयास बताइरहेका छन्।
जदयूका एक वरिष्ठ नेताले भने, अमित शाहले जे भने, त्यो सत्य हो। बिहारका युवाहरूको मेधा कसैभन्दा कम छैन। राजदीकी प्रवक्ताले कटाक्ष गर्दै भनिन्, यदि भाजपालाई बिहारका युवाहरूको यति खयाल छ भने रोजगार दिने दिशामा ठोस कदम उठाओस्।
बिहारका युवा कमलेश, मिथलेश, अजीत, नीरज, अतुल्य जस्ता अन्य युवाहरूले शाहको बयानलाई गर्वले लिएका छऩ्। सोशल मीडियामा धेरै युवाहरूले लेखे, अमित शाहले जे भने, त्यो हरेक बिहारीको मनको कुरा हो। हामीलाई केवल अवसर चाहियो, बिहारका युवाले देश मात्र नभएर संसारको काया कल्प गर्नसक्छ। विशेषज्ञहरूको भऩाई छ, शाहको यो बयान बिहारको बौद्धिक विरासतलाई पहिचान दिने हो।
अमित शाहको यो बयान यस्तो समयमा आएको छ, जब बिहारमा चुनावी माहोल गर्मिएको छ र युवा भोटरहरूको भूमिका निर्णायक मानिन्दैछ। राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार लव कुमार मिश्रले भन्छऩ्, यो टिप्पणी न केवल प्रशंसा हो तर युवाहरूलाई सन्देश दिने रणनीति पनि हुनसक्छ कि देशको राजनीतिमा उनीहरूको योगदान सबैभन्दा अहम छ। अमित शाहको यो बयानले बिहारको आत्मगौरवलाई बढ़ाउँदछ। चाहे यसलाई चुनावी बयान भनियोस् या सत्यलाई स्वीकार्नु। कुरा यही हो कि बिहारका युवाहरूको बुद्धिमत्ता र संघर्षशीलतामाथि अब राष्ट्रिय मोहर लागेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी