
अररिया, 06 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले फारबिसगंज हवाई अड्डा मैदानमा नौ विधानसभाका एनडीए प्रत्याशीको पक्षमा बिहिवार चुनावी सभालाई सम्बोधित गरे। भारी संख्यामा एकत्र भीड़ले गदगद प्रधानमन्त्रीले लालू राबड़ीको 15 वर्षको शासनकालमाथि जमेर हमला गरे। प्रधानमन्त्रीले भऩे, देशको सबैभऩ्दा ठूलो चुनौती घुसपैठीहरू हुन्। एनडीए सरकार एक एक घुसपैठीको पहिचान गरी उसलाई देशबाट बाहिर निकाल्नमा जुटेको छ भने कांग्रेस र राजद घुसपैठीहरूलाई बचाउन ना ना थरीको भ्रान्तिहरू र झूठो कुरा फैलाइरहेको छ। उनले घुसपठीहरूको मामिलामा भने, राजद र कांग्रेसीहरूले जब जब मौका पाए, घुसपैठीहरूलाई भारतको नागरिक बनाउनमा जुटिरहे। घुसपैठी देशका नागरिकहरूको अधिकारमाथि कब्जा गरिरहेका छन्।
पीएमले लालू प्रसाद र राबड़ी देवीको शासनकालमाथि तीखो प्रहार गर्दै भऩे, 15 वर्षको त्यस जंगलराजको शासनकालको आंकड़ा शून्यलाई याद गर्नुहोस्, जो उसको रिपोर्ट कार्ड हो। 1990 देखि 2005 को शासनकालमा सरकार बनाउने नाममा बिहारलाई लुटेर बर्बाद गरियो। 15 वर्षको जंगलराजमा एक्सप्रेस- वे शून्य, 15 सालको जंगलकाजको शासनकालमा कोसी र गंगामा पुल शून्य, 15 वर्षको जंगलराजको शासनकालमा टूरिस्ट सर्किलको विस्तार शून्य, 15 सालको जंगलराजमा स्पोर्ट्स कम्पलेक्स शून्य,15 सालको जंगलराजको शासनकालमा मेडिकल कलेज शून्य, बिहारमा 15 सालको जंगलराजमा आईआईटी, आईआईएम, मिशन ल यूनिवर्सिटीको संख्या शून्य रह्यो।
उनले भने, एनडीएले अथक प्रय़ासपछि जंगलराजबाट बिहारलाई बाहिर निकालेको छ। आज बिहारमा पटनामा आईआईटी, बोधगयामा आईआईएम, पटनामा एम्स, दरभंगामा एम्सको निर्माण प्रगतिमा, बिहारमा नेशनल ल यूनिवर्सिटी, भागलपुरमा ट्रिपल आईआईटी, चार सेन्ट्रल यूनिवर्सिटी स्थापित गरिएको छ। गंगामा चार पुल बनाइएको छ। कोसीमा तीन नयाँ पुल बनाइयो र तीन नयाँ पुल बनाउने काम जारी छ। बिहारमा सात एक्सप्रेस-वे मा एकको काम पूरा भएको छ। सीमाञ्चलमा आधुनिक इन्फ्रास्ट्रक्चर विकसित गरिँदैछ।
गोरखपुर सिलगढ़ी एक्सप्रेसवेले यस क्षेत्रको छवि बद्लिनेछ। एनडीएको सरकार नागरिकहरूलाई उच्च स्तरको जिन्दगी दिनलाई लिएर दृढ़ संकल्पित छ। गरीबहरूलाई पक्का घर, खाँचो परेकाहरूलाई निःशुल्क अनाज, कलबाट जल, मुद्रा योजना अन्तर्गत स्वरोजगारको निम्ति बिना गारन्टीको मुद्रा दिँदैछ। युवाहरूलाई स्वरोजगारको निम्ति तीन लाख करोड़ मुद्रा लोन दिइएको छ।
कांग्रेसमाथि हमला गर्दै पीएमले भने, कांग्रेस नेतालाई देशको आस्थासित कुनै सरोकार रहेन। कांग्रेस नेताले छठी मईको पूजालाई नाटक बताउँछन् र यो छठी मईया र आस्थाको अपमान भयो कि भएन। जुन छठव्रती छठ पूजामा पानीसम्म पिउँदैनन्, त्यसलाई नौटंकी ठहर गर्छन् र यस्तो कांग्रेसको बयानमा राजदहरूको मुखमा ताला लाग्छ।
हिन्दुस्थान समाचार / भवानी थामी