
पटना, ६ नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको पहिलो चरणअन्तर्गत १८ जिल्लाका १२१ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ। मतदान बेलुकी ६ बजेसम्म जारी रहनेछ। करिब ३.७५ करोडभन्दा बढी मतदाताले १३१४ उम्मेदवारहरूको भाग्य ईभीएममा कैद गर्नेछन्।
पहिलो चरणको मतदान गयाजी, औरंगाबाद, नवादा, कैमूर, रोहतास, अरवल, जहानाबाद, पटना, भोजपुर, बक्सर, नालन्दा, लखीसराय, शेखपुरा, जमुई, मुंगेर, बाँका, भागलपुर र खगड़िया जिल्लामा भइरहेको छ। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरेको छ। करिब ६५,००० भन्दा बढी मतदान केन्द्रमा सुरक्षा बलहरू परिचालन गरिएका छन्। ग्रामीण क्षेत्रमा बिहानैदेखि लामो लाइन देखिएको छ भने शहरी क्षेत्रमा दिउँसोसम्म मतदाताको भीड बढ्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी