
खड़गपुर, 06 नोभेम्बर (हि.स.)। खड़गपुर नगरनिगमको वार्ड नम्बर-20 मा बिहीवार बिहान एक अज्ञात महिलाको शव भेटियो। उक्त घटनाको कारणले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलियो। स्थानीय मानिसहरूको सूचना पाएर खड़गपुर नगरनिगमकी चेयरपर्सन कल्याणी घोष, वार्डकी काउन्सिलर पी. प्रभावती, पुलिस बल तथा नगरनिगमको टीम तुरून्तै घटनास्थलमा पुगे। हाल मृतकाको पहिचान हुन सकेको छैन। पुलिसले “बेवारिसे लाश”- को रूपमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
प्रत्यक्षदर्शीहरू अनुसार बिहान सड़क कुनारमा एकजना महिलालाई मृत अवस्थामा देखियो। घटनाको जानकारी पाउनसाथ खड़गपुर टाउन पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि खड़गपुर जिल्ला अस्पतालमा पठाइदियो।
चेयरपर्सन कल्याणी घोषले भनिन्, प्रशासनले मृतकाको पहिचान सुनिश्चित गर्ने अनि परिवारसम्म सूचना पुऱ्याउनको लागि हरसम्भव प्रयास गर्नेछ। पार्षद पी. प्रभावतीले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिइन् अनि पुलिस प्रशासनलाई यथासम्भव सहयोग दिने आश्वासन दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा