
कोलकाता, 06 नोभेम्बर (हि.स.)। कोलकाताको लेक थाना क्षेत्रस्थित एउटा घरबाट 42 वर्षीय युवकको सड़िसकेको शव फन्दामा झुण्डिरहेको अवस्थामा भेटिएको छ। घटनास्थलबाट एउटा सुसाइड नोट पनि फेला परेको छ जसमा युवकले आफ्नो मृत्युको लागि कोही पनि जिम्मेवार नरहेको बताएका छन्। पुलिसले यस मामिलालाई आत्महत्या मानेर जाँच गरिरहेको छ।
मृतकको पहिचान सुभाशीष चक्रवर्तीको रूपमा भएको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ, सुभाशीष पछिल्लो 14 वर्षदेखिकै एकजना महिलासित लिभ-इन- रिलेशनशिपमा थिए। हालैमा दुईबीच ब्रेकअप भएको थियो जसपश्चात तिनी मानसिक रूपमा निराश भएका थिए।
गए बुधवार राती ढाकुरिया स्टेशन लेनस्थित घरबाट तीव्र दुर्गन्ध आएपछि स्थानीय मानिसहरूले लेक थाना पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर ढोका खोल्यो जहाँ छतमा झुण्डिरहेको शव भेटियो जुन कुहिसकेको थियो। अनुमान लगाइएको छ, युवकले गत एक नोभेम्बरमा आत्महत्या गरेका थिए।
पुलिसले बिहीवार बिहान यस घटनको आधिकारिक पुष्टि गर्दै यो पनि जानकारी दियो, मृतकका पिता समर कुमार चक्रवर्तीले पनि वर्षौंअघि आत्महत्या गरेका थिए। पिताको पेन्शन नै उनको जीवन यापनको साधन थियो।
पुलिसले यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि आखिर त्यस्तो के भएको थियो जसले गर्दा सुभाशीषले यस्तो कदम उठाए। साथै यो पनिजाँच गरिरहेको छ, के सुसाइड नोट महिलालाई बचाउने उदेश्यले लेखिएको हो। आवश्यकता परे महिलासित पनि जाँचबुझ गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा